aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

ज्याक मा चिनियाँ सरकार सामू झुक्न तयार, विश्व कै ठूलो आईपीओ ल्याउने बाटो खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
ज्याक मा चिनियाँ सरकार सामू झुक्न तयार, विश्व कै ठूलो आईपीओ ल्याउने बाटो खुल्यो

एजेन्सी । आन्ट समूहका संस्थापक ज्याक मा चिनियाँ सरकारको अगाडि झुक्न तयार भएका छन् । उनी चीनको वित्तीय नियामकको नियमहरु पालना गर्न राजी भएको विदेशी सञ्चार माध्यमले जनाएका छन । आन्ट समूहको पुनर्संरचनाको योजना स्वीकृत भएको छ । पुनर्संरचना, चीनको नियामकको नियम अन्तर्गत, यसको अर्थ ज्याक माको फिनटेक कम्पनी होल्डिंग कम्पनी हुनेछ । 

जानकारीका अनुसार योजना यो होल्डिंग कम्पनीमा आन्टको सबै व्यवसायहरू एकमा समायोजन गरिने छ । यसले टेक्नोलोजी र भुक्तान प्रशोधन पनि समावेश हुने छ । जुन ब्लकचेन र खाना वितरणको लागि प्रयोग गरिन्छ । यसका लागि आन्ट समूहले पुनर्संरचनाको सवालमा चिनियाँ नियामकहरुसँग सम्झौता गरेको छ । यो पुनर्गठन ११ फेब्रुअरीमा चिनियाँ नयाँ वर्षको छुट्टी शुरु हुनु अघि घोषणा गर्न सकिने बताइएको छ । 

ई कमर्श कम्पनी अलीबाबा समूहको सहायक कम्पनी आन्टको पुनर्संरचनाले  त्यस्तो कुनै सम्झौताले ज्याक माका लगानीकर्ताहरूको चिन्ता कम गर्ने छ । गत वर्ष अक्टुबर २४ मा जब उनले चीनको नियामक प्रणाली प्रतिश कटाक्ष गरे तब ज्याक माको समस्या झनै गम्भीर भएर गएको थियो । नतिजा स्वरूप, उनको कम्पनीको ३७ अर्बको विश्वको सबैभन्दा ठूलो आईपीओ रोकिएको थियो । 

नियामकले अलीबाबाको टेक्नोलोजी क्षेत्रमा एन्टी ट्रस्ट अनुसन्धान शुरु गरेको छ । यस बाहेक, आन्ट समूहलाई यसको व्यवसाय संरचना सुधार गर्न कडा नियामक पर्यवेक्षणमा ल्याइएको छ । मा करिब तीन महिनासम्म हराइरहेको थिए । 

आन्ट समूहको शेयर सूचीकरणको संभावनाको अनुसन्धान गरिरहेको छ । आन्ट समूहको शेयर सूचिकरण हुन कति समय लाग्ने छ र कति समयसम्म यो अनुमोदन हुने छ भन्ने स्पष्ट रूपमा केही पनि भन्न सकिदैन ंहंकंगमा अलीबाबाको सूचीबद्ध शेयर बुधवार ०.४ प्रतिशतले वृद्धि भएर बन्द भएको छ ।  

प्रतिक्रिया दिनुहोस