aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

केहि दिनमा नेपालमा रेल कुद्छ : प्रम ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ माघ २०७७
केहि दिनमा नेपालमा रेल कुद्छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिनौदेखि पाल ओढार राखेको रेल चल्ने बताएका छन् । शुक्रबार राजधानीमा आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यो तीन वर्षमा आफ्नो सरकारले गरेको कामका बारेमा यसरी जानकारी गराएका हुन । 

  यो तीन वर्षमा ६ हजार किलोमिटर बाटोमा कलोपत्र गरेको बताएका छन् । हुलाकी राजमार्गका लागि १० अर्ब छुट्याएको र यो राजमार्ग सम्पन्न हुने क्रममा रहेको उनले बताए । 

नेपालको विकास सुरुङमार्गमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले थानकोटबाट नौबिसेसम्मको सुरुङमार्ग निर्माणको काम थालिएको भन्दै नेपालमा सुरुङ मार्ग निर्माणको थालनी गरेको बताए  । 

सरकारले काम गरेको सडक भरी देखिने सडक बालबालिका हटाएको दावी गरे । उनले विभिन्न जलविद्युत आयोजनाहरुको निर्माण सकेको र सव स्टेसनको निर्माण सकेर उद्घाटन भइरहेको बताए । पञ्चेश्वर जलविद्युत आयोजना आगामी वर्षबाट बन्न सुरु गर्ने भन्दै दोधाराचाँदनीमा अर्को वर्षबाट १० क्युमेक्स पानी सिँचाइका लागि पुग्ने प्रधानमन्त्री ओलीले दावी गरे  ।
 

प्रतिक्रिया दिनुहोस