aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

त्रिविका सहायक डिन घुससहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
त्रिविका सहायक डिन घुससहित पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान संकायका सहायक डिन घुससहित पक्राउ परेका छन् । विज्ञान संकायका सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पटेलले निजी क्षेत्रबाट सञ्चालित कलेजको सम्बन्धन नविकरण गरिदिने प्रयोजनका लागि घुस लिएका जनाइएको छ ।

पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पटेललाई ५० हजार घुससहित पक्राउ गरेको हो ।

पटेललाई किर्तीपुरको ट्याङ्लाफाँटस्थित स्टिकस फास्ट फूड एण्ड क्याफेबाट ५० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

  •  

प्रतिक्रिया दिनुहोस