aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

हिमपातले घुन्सा गाउँ अध्यारोमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २४ माघ २०७७
हिमपातले घुन्सा गाउँ अध्यारोमा

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा शुक्रबार बेलुका ६ बजेदेखि निरन्तर हिउँ परेसँगै चिसोले पानी जमेपछि विद्युत गृह बन्द भएको छ । शुत्रबारदेखि निरन्तर हिमपात भइरहेको घुन्सा गाउँका स्थनीयवासी केल्साङ शेर्पाले जानकारी दिए ।

शेर्पाले भने, “हिजोदेखि निरन्तर हिम पात भइरहेको छ । अहिले करिव दुई फुटसम्म हिउँ जमेको छ ।” सबैतिर सिसाजस्तै हिउँ जमेको शेपाले बताए । विद्युत् लागि निर्माण गरिको पोखोरीमा हिउँ थुप्रिएको र चिसोले पानी सिसाजस्तै जमेपछि विद्युत् उत्पादन बन्द भएको शेर्पाले जानकारी दिनुभयो  । पैतीस किलोवाटको घुन्सा विद्युत् बन्द हुँदा गाउँ नै अध्यारोमा बस्न बाध्य भएको शेर्पाले बताए ।

पानीका मुहान जमेपछि खाने पानीको समेत समस्या परेको उनले बताए । उनले भने, “चिसोको कारण घर बाहिर निस्कन सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।” जनजीवन निकै प्रभावित भएको शेर्पाले बताए । फले निवासी लाक्पा भोटियाका अनुसार हिजोदेखि निरन्तर हिउँ परिरहेको छ ।

घुन्सा गाउँ समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा पर्दछ । यस्तै समुन्द्र सतहदेखि तीन हजार २०० मिटर  आलाङचुङगोला र समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइका याङमा गाउँ पर्दछ । यस वस्तीमा शुक्रबार बेलुकीदेखि बाक्लो हिउँ परिहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताए । हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ । रासस

प्रतिक्रिया दिनुहोस