aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

भगिनी सम्बन्ध तीव्र विस्तार गर्दै स्थानीय सरकार

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, २५ माघ २०७७
भगिनी सम्बन्ध तीव्र विस्तार गर्दै स्थानीय सरकार

काठमाडौं । स्थानीय  सरकार (गाउँपालिका/नगरपालिका) ले  विदेशी स्थानीय सरकारसँग भगिनी सम्बन्ध बनाउन  थालेको अढाई  दशकभन्दा  बढी  भएको छ । पछिल्लो समयमा स्थानीय तहले यसलाई तीव्रता दिएका छन् । 

हालसम्म  २० स्थानीय तहले चार दर्जनभन्दा बढी विदेशी  स्थानीय  सरकारसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । त्यसमध्ये  काठमाडौँ महानगरले  मात्रै  १७  वटा  समकक्षीसँग  सम्बन्ध  कायम गरेको छ तर सम्बन्धित सरकारी निकाय  वा  मन्त्रालयसँग  यसको  यकिन  आँकडा पाइँदैन ।

स्थानीय तहलाई परिपत्र गरे पनि जानकारी नदिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । सरकारको पूर्वस्वीकृति  लिएर विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापना गर्नुपर्ने व्यवस्था भए पनि पालना नभएको र मन्त्रालयलाई जानकारीसम्म पनि  नआउने  गरेका  कारण  यससम्बन्धी  कार्यविधि बनाउन थालिएको  सो  मन्त्रालयका  उपसचिव  प्रह्लाद  कार्कीले  जानकारी दिए । 

मन्त्रालयले छनोट गरेको परामर्शदाताले काम सुरु गरिसकेको छ। दुईपक्षीय सहयोग र अनुभव आदानप्रदान तथा नागरिक कूटनीतिलाई प्रोत्साहन गर्न भगिनी सम्बन्ध राख्न थालिएको हो तर यस्तो सहयोग आदानप्रदान सीमित हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस