
एजेन्सी । भारतमा २०२१ को लागि बजेट र त्यसलाई सहयोग पु¥याउने उद्देश्यले ल्याइएको भारतीय रिर्जव बैंकको मौद्रिक नीति सार्वजनिक भएको छ । नेपालमा विक्री हुने झन्डै दुई तिहाईभन्दा बढी वस्तु भारतबाट आयातको हुन्छन ।
भारतबाट आयात भएको यातायातको वस्तुमा त्यहाँको वित्त र मौद्रिक नीतिमा भएको परिर्वतनले नेपालको यतायात क्षेत्रको व्यापारमा असर पर्छ । भारतको बजेट वक्तव्यमा पुरानो गाडिलाई विस्थापित गरी नयाँ गाडि लिन प्रत्साहन गर्ने योजना ल्याइएको छ ।
यस योजनाको कार्यान्वयले अब नयाँ गाडिको खरिद बढ्ने देखिन्छ । यस योजनाले विषेश गरी सार्वजनिक र व्यावसायिक यातायातको माग बढुने सम्भावना बढेको छ । त्यहा मागको वृ िसंगै नेपालमा पनि सो यातायतको मूल्य वृद्धि हुनेछ ।
त्यसैगरि, सवारी साधनमा लाग्ने विभिन्न किसिमका पुर्जाको पनि मूल्य व्यापक बढ्ने भएको छ । भारतले आफ्नै देशमा उत्पादन बढाउने उद्देश्यले यातायातमा जडान हुने पुर्जामा भन्सार कर बढाउने भएको छ । त्यस कारण नेपालमा पनि यातायातका विभिन्न पाठपुर्जाका मूल्य बढ्ने छ ।
त्यसै, आउदा दिनमा भारतमा सरकारी खर्च व्यापक बढ्ने हुनाले महँगाई नियन्त्रण गर्न सीआरआर रेसियोमा पनि वृद्धि हुने जनाएको छ । यदि सो रेसियो बढेमा अटोमो बाईलको क्षेत्रमा ऋण परिचालन गर्ने वित्तिय संस्थाले पनि ऋणको व्याज दर बढाउने छन् । यसको अन्तिम परिनामले पनि यातायाको मूल्य वृद्धि हने सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस