aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

को–को मन्त्रीको जागिर जाला ? प्रचण्डले नै गरे यस्तो संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
को–को मन्त्रीको जागिर जाला ? प्रचण्डले नै गरे यस्तो संकेत

पोखरा । नेकपाका अध्यक्ष प्ष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारका केही मन्त्रीहरुलाई फेरबदल गर्ने विषयमा छलफल भएको बताएका छन् । विहीबार विहान पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बजेट आएपछि सरकारमा केही पुर्नगठन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको बताएका हुन् । 

सरकारले ल्याएका विधेयकहरु निरन्तर विवादमा पर्न थालेको प्रति प्रचण्डका असन्तुष्टि थियो । ‘पार्टीका नेताहरुले पनि विधेयक मिडियामा आएपछि थाहा हुने स्थिति आयो । यस्ता विषय पार्टी र सरकारका फोरमहरुमा छलफल हुनुपर्छ ।’ प्रचण्डको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस