aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतका दुई सरकारी बैंक निजीकरण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ माघ २०७७
भारतका दुई सरकारी बैंक निजीकरण हुने

एजेन्सी । भारतका दुई सरकारी बैंक निजीकरण गर्ने प्रक्रिया शुरु भएको छ । आर्थिक वर्ष २०२१/२२ को बजेट भाषणमा वित्तमन्त्री निर्माला सितारमणले १.७५ लाख करोड भारु जुटाउनलाई सरकारी बैंक विक्री गर्ने घोषणा गरेकी थिइन । उनले आइडीबीआई बैंक र अर्को एक सरकारी बैंक निजीकरण गरिने बताइन । आइडीविआईसँगै निजीकरण हुने अर्को बैंकको नाम भने सार्वजनिक गरिएको छैन । 

भारतमा सरकारी बैंक निजीकरण गर्ने योजना पहिलादेखि नै जारी राखेको छ । यसभन्दा पहिला १० वटा सरकारी बैंक मर्ज भइसकेका छन् । यसभन्दा पहिला १० वटा सरकारी बैंक मर्ज भएर ४ वटा बैंक बनेका छन् । 

भारतको नीति आयोगको सिफारिसमा त्यका सरकारी बैंक निजीकरण गरिएका हुन । नीति आयोगले पञ्जाव एण्ड सिंन्ध बैंक, युको बैंक र बैंक अफ महाराष्ट्रलाई निजीकरण गरिसकेको छ ।

यसका साथै बैंक अफ इण्डिया, सेन्ट्रल बैंक अफ इण्डिया, ओभरसिज बैंक र युको बैंक पनि निजीकरण गर्ने सूचीमा थिए । अब सरकारले निजीकरण गर्ने बैंकहरुमध्ये यीनै कुनै दुई बैंक हुनसक्ने भारतीय मिडियाले समाचारमा उल्लेख गरेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस