aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
उत्तम सञ्जेल पत्नीसहित ३ जना हिरासतमा

काठमाडौं । समता अस्पताल बाैद्दमा मृत भेटिएकी रामेछाप दोरम्बाकी बिमला तामाङको मृत्यु शंकाष्पद मानिएपछि अस्पताल संचालक उत्तम सञ्जेलसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थिायाे । उक्त अस्पतालमा सरसफाई कर्मचारी विमला तामाङको रहस्यमय मृत्युको विषयलाई लिएर सोधपुछका लागि प्रहरीले तीन जनालाई हिरासतमा लिएको छ ।

सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेल, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र संगीता केसीलाई प्रहरीले हिरासतमा लिएको हो ।२७ वर्षीया विमलाको भित्री वस्त्रमा ३ जनाको नाम उल्लेख गरी उनीहरुलाई समाउनु भन्ने कागज फेला परेपछि स्थिती अझ उग्र बनेको थियो ।

विमलाको गोजीमा भेटिएको कागजमा तीर्थ र संगीताको नाम अंग्रेजी अक्षरमा लेखिएको थियो । कागजमा लेखिएको तेस्रो अक्षर ‘म्याम’ थियो ।

अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएकी बिमला सोमबार विहान काम गर्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । साँझ अबेरसम्म पनि नफर्किएपछि सोधखोज गरिएको थियो । श्रीमान र केही आफन्तहरु अस्पतालसम्म पनि खोजी गर्न आइपुगेका थिए । तर बिमला नभएको भन्दै त्यहाँका कर्मचारीहरुले बताएका थिए ।

अस्पताल परिसरमा खोजी गर्ने क्रममा दुई वटा कोठामा ताल्चा लागेको र त्यसको चावी आफूहरुसँग नभएको भन्दै खोलिएको थिएन । मंगलबार बिहान सोही ताल्चा लागेको कोठाभित्र बिमला सलको पासोले झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

महानगरीय प्रहरी वृत्त गौशालाले सञ्चालक सञ्जेल, उनकी पत्नी र अन्य दुई जना कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जानकारी दिए । सञ्जेल दम्पतीलाई नियन्त्रणमा लिएपछि तामाङको शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस