aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

खरिद मूल्यभन्दा दोब्बर कर पेट्रोलियम पदार्थमा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, २७ माघ २०७७
खरिद मूल्यभन्दा दोब्बर कर पेट्रोलियम पदार्थमा

काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । 

पेट्रोल मूल्यको यो अवस्थामा बिक्रेता र उपभोक्ता कोही पनि फाइदामा छैनन् ।  अझ खरिद र बिक्री मूल्यको तुलना गर्ने हो भने उपभोक्ताले दोब्बरभन्दा बढी तिर्नुपरेको देखिन्छ ।

एक महिनाअघि मात्र वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई बोनस घोषणा गर्नेको निगमलाई यो समस्याले विवादमा  पारेको छ । आखिर खरिद मूल्य यति कम हुँदा पनि किन उपभोक्ता दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन् त रु निगमले त्यसका लागि कमिसन र कर दुईवटा कारण देखाएको छ यी दुई कारणले नै निगमको घाटा बढिरहेको दाबी छ । 

यस्तै अवस्था डिजेलमा पनि छ । डिजेल प्रतिलिटर करिब ५२ रुपियाँ ३९ पैसामा निगमले खरिद गर्छ तर प्रतिलिटर ९३ रुपियाँमा बिक्री गर्छ । अर्थात खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर पेट्रोलियम पदार्थमा थोपरिएको छ । 

प्रतिक्रिया दिनुहोस