
काठमाडौं । काठमाडौंको गोकर्णमा बस दुर्घटना भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा एक जनाको मृत्युभएको छ भने करिब डेढ दर्जन घाइते भएका छन् । मृत्यु हुनेमा बसकै सहचालक सागर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको बताइएको छ
प्रतिक्रिया दिनुहोस