aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव हुने

काठमाडौं । सरकारले पहिलो चरणमा ४० जिल्‍ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषदेको निर्णय अनुसार वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरिएको हो । 

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्नुका साथै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गरिदिएकी थिईन् । 

प्रतिक्रिया दिनुहोस