aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

आकासियो बिटक्वाइनको भाउ, टेस्लापछि अब एप्पलले पनि लगानी गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
आकासियो बिटक्वाइनको भाउ, टेस्लापछि अब एप्पलले पनि लगानी गर्ने

कार निर्माता कम्पनी टेस्लाले ठुलो लगानी गरेसँगै क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार करिब १३ प्रतिशतले मूल्य वृद्धि भई बिटक्वाइनको मूल्य ४३ हजार ७३७.७३ डलर पुगेको हो ।   

टेस्लाले बिटक्वाइनमा डेढ अर्ब डलर लगानीको घोषणासँगै उसको मूल्य उच्च बढेको हो । यससँगै अब अर्को संसारकै ठुलो कम्पनी मध्येको एक एप्पलले पनि ५ अर्ब डलर बराबरको बिटक्वाइन खरिद गर्ने तयारी गरिरहेको चर्चा छ । अन्तर्राष्ट्रिय मुद्रा बजारमा यस प्रकारको चर्चा चलिरहँदा डलरप्रति आम मानिसको भरोसा भने घट्न थालेको छ ।  

त्यसो त एप्पलले यसअघि नै आफ्ना ग्राहकहरूलाई लक्षित गरी एप्पल वालेटको प्रयोगलाई महत्त्व दिँदै आइरहेको थियो । एप्पलले यदि ५ बिलियन डलर बराबरीको बिटक्वाइन खरिद गर्ने हो भने पनि त्यो जम्मा सो कम्पनीको २० दिनको ‘क्यास फ्लो’ मात्र हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस