aarthiknews.com शुक्रबार, २४ जेठ २०८२   Friday, 06 June, 2025
 

भारतीय टेलिकमका योजना बीमा पोलिसीदेखि एक हजार मिनेटसम्म फ्रि कल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
भारतीय टेलिकमका योजना बीमा पोलिसीदेखि एक हजार मिनेटसम्म फ्रि कल

एजेन्सी । भारतीय टेलिकम कम्पनीहरूले आफ्ना ग्राहकहरूको लागि धेरै सस्तो योजनाहरूका साथमा बीमा योजना पनि सार्वजनिक गरेका छन् । टेलिकम मार्फत भारतीय बीमा कम्पनीहरुले बीमा पोलिसी समेत बेचिरहेका छन  ।  

एयरटेलले १४९ भारुमा असीमित कलिङको साथ २८ दिनको लागि २ जीबी डाटा प्राप्त गर्ने छन । यो योजनामा तीन सय एसएमएस उपलब्ध छ । यस योजना २८ दिनका लागि रहने छ । 
त्यस्तै, १७९ रुपैयाँ भारुको योजनामा बीमा भारती एक्सा लाइफ इन्स्योरेन्स कम्पनीबाट २ लाख रूपैयाँको जीवन बीमा समेत प्राप्त गर्ने छन् । यसमा असीमित कलिङ, २ जीबी डाटा र ३०० एसएमएस पाउने छन । यो योजना पनि २८ दिनका लागि रहने छ । 

त्यस्तै, एयरटेलकै २१९ रुपैयाँ भारुको योजनामा १ जीबी डाटा, असीमित कलिङ र १०० निः शुल्क एसएमएस दैनिक पाइने कम्पनीले जनाएको छ । यस योजनाको वैधता २८ दिन हुनेछ । त्यस्तै, २४९ रुपैयाँ भारुको योजनामा दैनिक १.५ जीबी डाटा दिँदैछ ।  यो योजना असीमित कलिङ सेवाका साथ दैनिक १०० निः शुल्क एसएमएस पनि प्रदान गर्दछ । यस योजनाको वैधता २८ दिन हुनेछ ।

त्यस्तै जियो टेलिकमले १२९ रुपैयाँ भारुमा जियो नेटवर्कमा २ जीवी डाटाका साथमा असीमित कल गर्न पाइन्छ । यसमा जियोभन्दा बाहिरका नेटर्कमा कल गर्न एक हजार मिनेट पाइन्छ । यस योजनामा प्रयोगकर्ताले ३०० एसएमएस र प्रिमियम एप प्रयोकर्ताले कुल सदस्यता पाउने छन् ।  यस योजनाको वैधता २८ हुनेछ । 

त्यस्तै, १९९ रुपैयाँ भारु जियोबाट जियोमा अनलिमिटेड कल र अन्य नेटवर्कमा एक हजार मिनेट फ्रि कल र १.५ जीवी डाटा उपलब्ध गराउने छ । यस योजना अन्तर्गत एप प्रयोगकर्ताहरू असीमित भ्वाइस कलहरू, १०० एसएमएस दैनिक पठाउन पाइन्छ । 

२४९ रुपैयाँ भारुमा २ जीवी डाटा र एक सय एसएमएस उपलब्ध गराउछ भने अन्य टेलिकमहरुमा एक हजार मिनेट कलको सुविधा दिएको छ । यस योजनामा प्रीमियम एप प्लानमा निःशुल्क प्रयोग गर्न सक्नुहुनेछ । यस योजनाको वैधता २८ दिन हुनेछ ।

भोडाफोनले १२९ रुपैयाँ भारुमा अनलिमिटेड कल सुविधा र २ जीवी डाटा दिइरहेको छ भने तीन सय एुसएमएस दिने गरेको छ । यसको समयअवधि २४ दिनको रहने जनाएको छ । २१९ रुपैयाँ भारुमा अनलिमिटेड कलका साथमा एक जिवी डाटा दिन्छ । एक सय वटा एसएमएस समेत पठाउन पाइन्छ ।  यो योजना २८ दिनसम्म लागू हुने छ । २४९ रुपैयाँ भारुमा १.५ जिवी डाटा र अनलिमिटेड कलका साथमा एक सयवटा एसएसमएस उपलब्ध गराइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस