aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सरकारद्वारा बजेट अंक संशोधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
सरकारद्वारा बजेट अंक संशोधन

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको आम्दानी र खर्चमा संशोधन गरेको छ । जस अनुसार चालू आर्थिक वर्षमा १३ खर्व ४४ अर्ब ६८ करोड खर्च हुने संशोधित अनुमान गरिएको हो । चालू आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारले १४ खर्ब ४६ अर्ब रुपैयाँको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयद्धारा जारी गरिएको प्रेश बक्तव्य अनुसार सरकारले खर्च गर्ने संशोधित अनुमान कूल विनियोजन रकमको करिब ९१.१९ प्रतिशत हो । यो अनुमान गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च, कोभिड १९ विरूद्धको खोप खर्च, अनिवार्य दायित्व, पूर्व सहमती दिइएका ठूला आयोजनाको संभावित दायित्वलाई मध्यनजर राखिएका अर्थ मन्त्रालयले जनाएको छ ।
 
संशोधित अनुमान अनुसार चालु तर्फ ९ खर्ब १४ अर्व ७८ करोड (विनियोजित बजेटको ९६.४० प्रतिशत) पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड (विनियोजित बजेटको ८०.२० प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्व ४६ अर्व ८६ करोड (विनियोजित बजेटको ८५.०० प्रतिशत) हुने अनुमान छ ।

त्यस्तै, चालु वर्षको अन्त्यसम्मा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) १० खर्ब ७४ अर्ब ६८ करोड, वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्व ३५ अर्ब खर्च हुने संशोधित अनुमान रहेको छ । 
 

 

प्रतिक्रिया दिनुहोस