aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

मूल्य वृद्धि नियन्त्रणमा रहेको सरकारको दाबी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
मूल्य वृद्धि नियन्त्रणमा रहेको सरकारको दाबी

काठमाडौं । बजारमा महँगी अत्याधिक बढेको देखिए पनि सरकारले मूल्य वृद्धि नियन्त्रणमा रहेको दाबी गरेको छ । मंगलबार काठमाडौंमा बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले यस्तो दाबी गरेको हो । 

मन्त्रालयद्धारा जारी प्रवतवेदनमा भनिएको छ, ‘मुद्रास्फूर्ती नियन्त्रणमा रहेको छ ।’ 

मन्त्रालयले चालू आर्थिक वर्षको प्रथम ६ महिनामा गत वर्षको तुलनामा निर्यात ६.१ प्रतिशतले बढेको र आयात ४.८ प्रतिशतले घटेको जनाएको छ । त्यसैगरि, यस अवधिमा सोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोड बचतमा रहेको जनाएको छ । 

मन्त्रालयका अनुसार विदेशी विनिमय संचित १४ खर्ब ९३ अर्व ७५ करोड रहेको छ । जसले करीब १३.९ महिनाको वस्तु र १२.६ महिनाको वस्तु र सेवा धान्न पुग्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस