
भक्तपुर । अर्थमन्त्री विष्णु पौडेलले वीर अस्पताल विस्तारका लागि बजेट अभाव नहुने देखिएको बताएका छन् । अर्थमन्त्री पौडेलले मंगलबार चाँगुनारायण नगरपालिकाका तीन वटा वडामा अवस्थित वीर अस्पताल विस्तारमा लागि छुट्याइएको जग्गा अवलोकन गर्दै वीर अस्पताल विस्तारका लागि बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
अर्थमन्त्री पौडेलले अस्पतालको संरचना निर्माण एवम् विस्तारका लागि अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, दातृ संस्था वा अन्य निकाय जहाँबाट जसरी भए पनि बजेट जुटाउने बताएका प्रतिबद्धता व्यक्त गरेका छन् ।
वीर अस्पताल सञ्चालन भएको हालको स्थान साँघुरो र नयाँ सरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका १, २ र ४ मा पर्ने दुवाकोटस्थित जग्गाको छनोट गरी गरेर विस्तारको प्रक्रिया थालेको छ । अस्पतालको नाममा करिब ५ सय ७० रोपनी जग्गाको लालपुर्जा समेत प्राप्त भइसकेका छ ।
प्रतिक्रिया दिनुहोस