aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
बजेट अर्धवार्षिक समीक्षा

निर्वाचनको लागि ७ अर्ब विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
निर्वाचनको लागि ७ अर्ब विनियोजन

काठमाडौं । अर्थ मन्त्रालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । मंगलबार आर्थिक वर्ष २०७७/७८ को बजेट अर्धवार्षिक समीक्षामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ निकासा गरेको जानकारी दिएका हुन्ु । निर्वाचनको लागि सरकारले करिब ३० अर्ब खर्च लाग्ने अनुमान गरेको छ ।

 निर्वाचन आयोगका लागि खर्च विनियोजन भएपनि सेना तथा प्रहरीका लागि भने खर्चको माग नआइसकेको उनले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा दुई चरणको निर्वाचन हुने घोषणा गरेकी थिइन् । हिजो सोमबार मन्त्री परिषदले निर्वाचनका लागि क्षेत्र तथा जिल्लाको समेत विभाजन गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस