
काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि हालसम्म १८ अर्ब १२ करोड ९८ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षामा अर्थ मन्त्री विष्णु पौडेलले सो प्रयोजनका लागि १८ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको देखाएका हुन् । सरकारले आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ८६ करोड ९२ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा हालसम्म ६ अर्ब २६ करोड ६ लाख रुपैयाँ खर्च गरेको जानकारी गराएका हुन् ।
जसमध्ये संघले गत आवमा ४ अर्ब ८० करोड ४२ लाख खर्च गरेको छ भने चालु आवको यो अवधिसम्म एक अर्ब ३५ करोड ५० लाख खर्च गरेको छ । संघसरकारले कोरोना कोषमा गत आवमा १ अर्ब ३ करोड ६९ लाख र चालु आवमा एक अर्ब ४० लाख ३७ हजार खर्च गरेको छ । यो सबैगर्दा कोरोनाको लागि सरकारले चालु आवमा ५ अर्ब ८४ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । चालु आवमा २ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ खर्च गरको छ ।
जसमध्ये बजेटरी खर्च अन्तर्गत हालसम्म ६ अर्ब १५ करोड ९२ लाख रुपैयाँ, संघको कोरोना कोष खर्च अन्तर्गत २ अर्ब ४४ करोड ६ लाख रुपैयाँ खर्च भएको छ । त्यसैगरी प्रदेश अन्तर्गत २ अर्ब ९२ करोड ३ लाख रुपैयाँ र स्थानीय तहले ८ अर्ब १० करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ ।
ण्ण्
प्रतिक्रिया दिनुहोस