aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

सरकारले सुर्ती र मदिराजन्य पदार्थबाट ३८ अर्ब कर उठायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
सरकारले सुर्ती र मदिराजन्य पदार्थबाट ३८ अर्ब कर उठायो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा चुरोट, सुर्ती, मदिरा, वियर तथा अन्य उत्पादनबाट ३७ अर्ब ८४ करोड राजस्व उठाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३८ अर्ब १७ करोड ९३ लाख राजस्व संकलन गरेको थियो  । चालु आवमा कोभिडका कारण भएको बन्दाबन्दीको कारणले यी वस्तुको खपतमा कमी आउँदा यसको असर राजस्वमा परेको हो । 

चालु आर्थिक वर्षमा चुरोट र सुर्ती कारोबार घट्दा राजस्व समेत १२.४६ प्रतिशतले घटेको छ भने वियरको कारोबारमा समेत गिरावट आउँदा राजस्वमा ११.८८ प्रतिशतले कमी आएको छ । सरकारले चालु आर्थिक वर्षको पहिलो छ महिनामा चुरोट तथा सुर्तीजन्य पदार्थबाट ९ अर्ब २२ करोड ५६ लाख र वियरबाट ९ अर्ब १६ करोड ७९ लाख राजस्व संकलन गरेको छ । 

चुरोट, सुर्ती र वियरबाट सरकारले कम राजस्व संकलन गरेपनि मदिरा र अन्य उत्पादनबाट भने सरकारले गत आर्थिक वर्षको भन्दा बढी राजस्व संकलन गरेको छ । यो अ अवधिमा मदिराबाट सरकारले ११ अर्ब ७४ करोड ८० लाख राजस्व संकलन गरेको छ । त्यस्तै अन्य उत्पादनबाट ७ अबृ ६९ करोड ८९ लाख राजस्व संकलन गरेको छ । 

प्रतिक्रिया दिनुहोस