
काठमाडौं । काठमाडाैं महानगरपालिकाले आर्थिक वर्ष ०७६ र ७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाबाट टोल फ्रि नम्बरलाई संचालन गरी प्राप्त हुने सुझाव र गुनासाहरु सिधै सम्बोधन गरि व्यवस्था मिलाइएको छ ।
महानगरपालिकाको सेवा प्रवाहसँग सम्बन्धित २५ वटा स्थानीय कानुनहरु तयार गरी कार्यान्वयनमा ल्याइएको छ । छिटोछरितो रुपमा न्याय प्रदान गर्नका लागि विवाद निरुपण (कार्यविधी) ऐन, २०७५ जारी गरिएको छ ।
महानगरपालिका क्षेत्रमा अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण र सुशासन प्रवद्धन गर्न शहरी क्षेत्रको मुख्य मुख्य चोकहरुमा सीसि टि.भी, क्यामारा सहितको ट्राफिक लाइट राख्ने कर्या प्रारम्भ गरिएको छ ।
महानगरवासीको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी र सामुदायिक संघसंस्थाहरुसँग सहकार्य गरिएको छ । विकास अवस्थाको आधारमा वर्गीकरण गरी ठुला वडाहरुलाई ३ करोड रुपैयाँ, मझौला वडाहरुलाई २ करोड रुपैयाँ र साना वडाहरुलाई १ करोड ५० लाख रुपैयाँ निशर्त विकास अनुदान उपलब्ध गराइएको छ ।
काष्ठमण्डप पुन निर्माण कार्य दु्रत गतिमा अगाडि बढिरहेको छ । अबको २ वर्षमा सम्पन्न गर्ने दाबी गरेका छन् । साझा यातायात सहकारी संस्थासँगको सहकार्य अन्तर्गत महानगरपालिकाको १५ करोड रुपैयाँ लगानीमा युरो ४ मापदण्डका २० वटा समेत गरी ५१ वटा ठुला बसहरु संचालनमा ल्याइएको छ ।
काठमाडौं महानगरपालिका भित्रका ७५ वर्ष उमेर पुगेका महिला र ८० वर्ष उमेर पुगेका पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार रुपैयाँ महानगर विशेष भत्ता उपलब्ध गराईएको छ ।
प्रतिक्रिया दिनुहोस