aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अर्थतन्त्र लयमा आउँदै, ९० प्रतिशतभन्दा बढी उद्योग सञ्चालनमा आइसके

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
अर्थतन्त्र लयमा आउँदै, ९० प्रतिशतभन्दा बढी उद्योग सञ्चालनमा आइसके

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका उद्योगधन्दा सञ्चालनमा आउने क्रम तिव्र रहेको छ । असारमसान्तसम्म ६१ प्रतिशतभन्दा बढी बन्द रहेका उद्योगहरू अहिले धमाधाम सञ्चालनमा आउन थालेका हुन् । पछिल्लो ५ महिनामा त्यति बेला बन्द भएका ५१.९३ प्रतिशत उद्योग सञ्चालनमा आएका हुन् । अहिले ९.१ प्रतिशत उद्योगहरूमात्र पूर्ण रुपमा सञ्चालनमा आउन नसकेका हुन् । कोभिडले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षणले २०७७ असारमा ४.१ प्रतिशतमात्र उद्योग व्यवसायमात्र पूर्ण रुपमा सञ्चालमा आएको देखाएको थियो । 

अहिले यो क्रममा सुधार आएको अर्थात अर्थतन्त्र लयमा फर्किएको अर्थ सचिव शिशिरकुमार ढुंगानाले बताए । ‘अर्थतन्त्र लयमा फर्कदै छ,’ उनले भने ‘ हामीले चाहेको आर्थिक वृद्धि हासिल गर्न नसकेपनि औसतमा आर्थिक वृद्धिदर कायम गर्न अप्ठ्यारो पर्दैन ।’ ५ महिनाको यो अवधिमा पूर्ण रुपमा सञ्चालन भएको उद्योगको बढेर ५.४ प्रतिशत पुगेको छ । अध्ययन प्रतिवेदनमा जम्मा ४.१ प्रतिशत उद्योग व्यवसायमात्रै सञ्चालनमा आएका थिए । पछिल्लो समय आंशिक रुपमा सञ्चालन भएका उद्योग व्यवसाय पनि बढेर ३६.९८ प्रतिशत पुगेको छ । असारमा ३४.९२ प्रतिशतमात्र उद्योग व्यवसाय आंशिक रुपमा सञ्चालनमा थिए । 

कोभिडका बेला उत्पादन कारोबार पनि घटेर २८.७७ प्रतिशतमा सीमित रहेको थियो  । अहिले उत्पादित वस्तुको कारोबार बढेर ५०.५१ प्रतिशत पुगेको बजेट अर्धवर्षिक समीक्षामा उल्लेख गरिएको छ । त्यस्तै रोजगकारी कायम रहेको अवस्थामा पनि सुधार भएर ८७.५१ प्रतिशत पुगेको छ । त्यति बेला ७७.५ प्रतिशतकोमात्र रोजगारी कायम रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस