aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय शेयर बजारको ग्यामचेञ्जर कम्पनीको नाफामा भारी वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
भारतीय शेयर बजारको ग्यामचेञ्जर कम्पनीको नाफामा भारी वृद्धि

एजेन्सी । भारतीय जीवन बीमा निगम (एलआईसी)को नाफामा भारी वृद्धि गरेको छ । गत वर्ष जुलाईदेखि कम्पनीले विभिन्न कम्पनीको शेयर उच्च मूल्यमा बिक्री गरेर ३४.९६ हजार करोड रुपैयाँ भारु कमाएको छ । कम्पनीले गत वर्ष पनि १८.३७ हजार करोड रुपैयाँ भारु कमाएको थियो ।

शेयर र डेट कजारमा एलआइसीको लगानीको ठूलो भूमिका रहेको छ । भारतीय शेयर बजारमा एलआइसीको सबैभन्दा ठूलो संस्थागत लगानीकर्ता हो । सम्पूर्ण बजार कम्पनीको लगानी रणनीतिबाट प्रभावित हुन्छ । मनी कन्ट्रोल वेबसाइटलाई दिए एक अन्तर्वार्तामा एमआर कुमारले एलआईसीले कन्ट्रेरियन रणनीति अनुसरण गर्ने बताए ।  

शेयर बजारमा एलआईसीले बैंकि, बीमा, उपभोक्ता वस्तुहरू, खुद्रा, उड्डयन, पूँजीगत सामान र अटोमोबाइल क्षेत्रमा लगानी गर्छन । यद्यपि कम्पनीले दुबै शेयर र डेट बजारमा लगानी गर्दछ । विनिमय तथ्यांकका अनुसार बीएसई सेन्सेक्स चालू आर्थिक वर्षमा १०० प्रतिशतसम्म बढेको छ । 

अर्कोतर्फ, सरकारले बजेट मार्फत एलआईसीको आईपीओ २०२१÷२२ मा आउँने घोषणा गरेको छ ।  मंगलबार राज्यसभामा अर्थ राज्यमन्त्री अनुराग ठाकुरले आईपीओको प्रक्रिया चलिरहेको बताएका छन् । उनले एलआइसीको आईपीओको १० प्रतिशत एलआईसीको पोलिसी खरिदकर्ताले पनि पाउने बताएका छन् । 

एलआईसीका अध्यक्ष एमआर कुमारका अनुसार कम्पनीको बजार लगानी बढ्न सक्ने बताएका छन ।  कम्पनीले २०२०÷२१ मा हालसम्म करिब ७२ हजार करोड रुपैयाँ भारुको शेयर किनेको उनले जानकारी दिएका छन । 
 

प्रतिक्रिया दिनुहोस