
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहिबार दिउँसो उनकै निवासबाट झाँक्रीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार यसअघि उनलाई महानगरीय प्रहरीले सोधपुछका लागि बोलाएको थियो । झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । लगत्तै झाँक्रीलाई पक्राउ गर्न महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा दर्जन बढी प्रहरी अधिकारीहरु उनको निवासमा पुगेका थिए ।
राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनलाई शंखमूलस्थित निवासबाटै पक्राउ गरेको हो ।पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ ।
यता, झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ता भेला भएका थिए ।
प्रतिक्रिया दिनुहोस