aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

'फेकनको अफिसियल बैंक बनाउने योजना छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
'फेकनको अफिसियल बैंक बनाउने योजना छ'

शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि लागेका बासु नेपाल यो क्षेत्रमा परिचित नाम हो । प्रोफेशनल एण्ड एडुशेसन सर्भिसका प्रबन्ध निर्देशक र फेकनका वरिष्ठ पूर्वउपाध्यक्ष नेपालले आगामी नेतृत्वका लागि प्यानल घोषणा गरेका छन् । उनै नेपालसँग शैक्षिक परामर्श क्षेत्रका समस्या र समाधानका बारेमा गरिएको आर्थिक बहस :   

शैक्षिक परामर्श क्षेत्रको सुधारका लागि तपाईं एजेन्डा ?
पहिलो त परामर्श क्षेत्रको परिभाषालाई नै स्थापित गराउनु छ । राज्यले शैक्षिक परामर्श क्षेत्र र भाषा शिक्षालाई एउटै बास्केटमा हालेर हेरिरहेको छ । यसलाई राज्यले हेर्ने देष्टि कोण आम नागरिकले यो पेशालाई मर्यादित बनाउन हामी व्यवसायीले केहि गर्न पर्छ भन्ने मैले सोच बनाएको छु। यो क्षेत्रको सुधारको लागि मेरो नेतृत्वमा बन्ने नयाँ कार्यसमितिले स्वतन्त्र शैक्षिक परामर्श संघसँग आवद्ध सबै व्यवसायी मित्रहरुको क्षमता अभिवृद्धि । आचारसंहिता निर्माणमा लाग्ने योजना बनाएको छु । 

परामर्श क्षेत्रलाई राज्यले कुन निकाय अन्तरगत राख्ने र नियमन कसले गर्ने भन्ने पनि दुविधा रहेको छ । यसमा फेकनले यसका लागि नियमन नियकाहरुसँग बसेर यसका विषयमा स्पष्ट धारणा निर्माणका लागि पहल गर्ने छ । 

यो सानो व्यवसायमा राजनीति गर्ने संस्थाहरु नै धेरै भएनन र ? 
 कुनै पनि क्षेत्रलाई व्यवस्थीत गर्न यससँग जोडिएका व्यवसाय वा सस्था एक आपसमा मिल्न जरुरी हुन्छ । त्यस्तै, यस क्षेत्रमा करिब १४ सय ७३ वैधानिक र सबै गरेर ५ हजारको हराहारीमा यो पेशा संलग्न मानिसहरुले व्यसाय गरेका छन् । खास भन्दा यो शैक्षिक परामर्श क्षेत्र भनेको स्वरोजगरी सृजना गर्ने राम्रो प्लेट फर्म बनेको छ । तर, यस क्षेत्रमा व्यवसाय गरिरहेका व्यवसायी क्षेत्रको समस्याहरुलाई सम्बोधन गर्न एउटा मात्र संस्था वा संघले मात्र पुग्दैन किन किन यहा संस्थाहरु पनि फरक फरक विचार र धार अनि उद्देश्यबाट खुलेका छन् ।

 त्यसैले फेकनमा आवद्ध हुनुभएका व्यवसायीहरुको समस्या फेकनले मात्र बुझ्छ र यसैबाट मात्र समाधान हुनसक्छ । त्यसैले फेकनमा आवद्ध समस्या अन्य संस्थामा गएर समाधान हुन्छ भनेर सोच्नु नै मुर्ख हुन्छ । त्यसैले फेकनको स्थापनाको उद्देश्य अनि यसको पृष्ठभूमिले नै बुझाउन छ कि फेकन भनेको फकेन  नै हो यसको तुलना अन्य संस्थासँग तुलना गर्न मिल्दैन । फेकनमा अहिले सदस्यहरु २ सय भएपनि थपिने क्रम अन्य सस्थामात्र भन्दा फेकनमा धेरै नै छ । फेरि संस्था हुनलाई सदस्यहरुको संख्याले ठूलो भूमिका खेल्छ । त्यसैले फरक फरक संस्थाहरु भए भने यो व्यवसायीका समस्यहरु फरक फरक तरिकाले समाधानका लागि पहल हुन्छ । 

विगतमा फेकनले र अन्य संस्थाले यो क्षेत्रमा केहि पनि काम गरेनन त ?

फेकनको कार्यसमितिमा यसभन्दा पहिला जुन बेला फेकनलाई यो व्यवसायमा स्थापित गराउनै समय खर्चियो । स्थापित भइसकेको सस्थाले यी विषयहरुमा ध्यान दिन पर्ने थियो उनीहरुले पनि दिएनन र फेकनको वर्तमान कार्यसमितिले पनि व्यवसायलाई मर्यादित र व्यवसायीकरण गराउन तर्फ ध्यान नदिएको जस्तो देखियो । कोभिड १९ का कारण फेकनमा आवद्ध व्यवसायीहरु व्यवसायबाट पलायन हुने अबस्थामा हालका कुनै पनि संस्थाले यो पेशामा आवद्ध साथीहरुको समस्या बुझ्ने कोशिस गरेको देखिन ।

 कोभिड १९ शुरु भएको करिब एक वर्ष भयो तर, यो क्षेत्रका व्यवसायहरुको कार्यालयमा तला लागेको पनि एक वर्ष नै भइसक्यो । यसबिचमा धेरै साथीहरुले कार्यालय ने बन्द गर्न पर्यो होला त्यो तथ्यांकका अहिले यी कुनै पनि संस्थाहरुसँग छैन । 

तपाईंले फेकनको नेतृत्व गर्ने अवसर पाउनु भयो भने पहिलो काम के गर्नुहुन्छ ?
पहिलो त कोभिडबाट अति प्रभावित क्षेत्रका रुपमा परामर्श क्षेत्रलाई राज्यले नै राखेको छ । यसबाट सम्पस्र्ण व्यवसायलाई यो क्षेत्रमा सामान्य व्यवसाय सञ्चालनको वातावरण मिलाउने कोशिस गर्नेछु । यसमा राज्यले कोभिड अति प्रभावित भनेपछि पाइने वित्तीय सुविधाहरुमा मेरो पहल हुने छ । फेकनले नै पनि आफ्नै पहलमा वित्तीय सुविधा उपलब्ध गराउनका लागि विभिन्न बैंकहरुसँग कुराकानी भइरहेको छ । फेकनका आफ्नै अफिसियल बैंक समेत बनाउने योजनामा म छु । 
 
अहिले धेरै व्यवसाय साथीहरु कार्यालय सञ्चालन खर्च खोज्न हिड्नु भएको छ । राज्यले उपलब्ध गराउने सहुसलियत पूर्ण ऋणको सुविधाका बारेमा थाहा नभएर हो वा यसको बारेमा ज्ञान नभएर हो । 

अब यो पेशामा लागि रहनुभएका व्यवसायीहरुलाई फर्ममा ल्याउन के के गर्नुहुन्छ ?
 कोभिड १९ भन्दा पहिला धेरै साथीहरुले गरिरहेको व्यापारमा विविधिकरण ल्याउने कोशिस गर्ने छु । सबै व्यवसायी साथीहरुलाई सबै साथीहरुलाई सबै क्षेत्रमा व्यापार गर्न सहजिकरण गर्ने प्रयास गर्नेछु ।  

  
 

प्रतिक्रिया दिनुहोस