
काठमाडौं । बुढानिलकण्ठ स्कुलका विद्यार्थीहरुले महिला सशक्तिकरणमा सहयोग गरेका छन् । बुढानिलकण्ठ स्कुलका भर्खरै एसईई परीक्षा दिएका विद्यार्थीहरुले बर्दाघाट, नवलपरासीका विधवाहरूलाई मद्दत गरेका हुन । उनीहरूले यस परियोजनालाई पूरा गर्न विभिन्न संस्था र कम्पनीबाट सहयोग लिएको बताएका छन् ।
उक्त कार्यक्रमका लागि पञ्चकन्या गु्रप, कान्तिपुर हार्डवयर सेन्टर, एनआईसी एसिया बैंक, रिलायन्स पेन्ट,जोति विकास बैंक, ई–सेवा, भोल्भो, रोयल कोअपरेटिभ, हिक भिजन, सिम टि.भी., एनसिसी बैंक, सिद्धार्थ बैंक जस्ता संस्थाहरुको समर्थन तथा वित्तीय सहयोगमा गरेका थिए ।
विद्यार्थीहरूले विधवाहरूलाई पैसा प्रदान गर्नभन्दा उनीहरुले गरिरहेको काममा थप सहयोग गरेका थिए । विद्यार्थीहरुको सर्वेक्षण पछि केही महिलाहरूले पसल सुरु गर्न रोजेका थिए, केहीले बाख्रा पालन गर्ने, केहीले टेलरिङ्ग मेसिन माग गरे र त्यस अनुरुप नै सहयोग गरिएको बताएका छन ।
कार्यक्रमको प्रमुख अतिथि संविधान सभा सदस्य बिक्रम खनाल थिए । विद्यार्थीहरूले विधवाहरूलाई किराना पसल लगायत बाख्राहरु र टेलरिङ्ग मसिनहरु प्रदानको बताए । उनीहरूले १० जना महिलाहरूलाई सहयोग गरेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस