aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ३० माघ २०७७
दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

काठमाडौं ।  भूगर्भ विभागले दैलेखमा पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल गर्ने काममा ढिलाइ गरिरहेको छ । विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । 

गत  मङ्सिरदेखि ड्रिल सुरु गर्ने बताएको विभागले कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको भन्दै फागुनदेखि ड्रिल गर्ने जनाएको  थिया । अहिले भने आगामी तिहारपछि मात्र ड्रिल गरिने तयारी  रहेको  विभागका  उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए ।

लामो  समयको बन्दाबन्दीका कारण  ड्रिल  उपकरण   ल्याउन नसकिएको  र  चिनियाँ अध्ययन टोली नेपाल  आउन  ढिलाइ  हुँदा मिति सारिरहनु परेको छ ।

ड्रिल गर्ने उपकरण चैतमा ल्याइने भएको छध्र चैत दोस्रो हप्ता चीनको अध्ययन समूह ड्रिल गर्ने  उपकरणसहित  नेपाल  आउने  तयारी  गरेको उपनिर्देशक रजारेले जानकारी दिए । अध्ययन समूहले  ड्रिल  गर्ने‚थानको  पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस