aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 

छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणमा तीव्रता

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०१ फागुन २०७७
छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणमा तीव्रता

काठमाडौं। सरकारले छवटा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिएको छ । ती  प्रस्तावित  छ  औद्योगिक  क्षेत्रको  जग्गा  प्राप्ति, विस्तृत  परियोजना  प्रतिवेदन  (डीपीआर)  र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भइसकेको जानकारी  दिँदै  औद्योगिक  क्षेत्र  व्यव‚थापन  लिमिटेडका अध्यक्ष  तथा  महाप्रबन्धक  नन्दकिशोर  ब‚नेतले  भने, “शिलान्यास गर्नुभन्दा अघिका सबै तयारी सकिए । 

कञ्चनपुरको   दैजीछेला   ९सुदरपश्चिम०,   बाँकेको नौबस्ता  र  रुपन्देहीको  मोतीपुर  ९लुम्बिनी०,  चितवनको शक्तिखोर  र  मकवानपुरको  मयूरधाप  ९बागमती०  तथा झापाको दमक ९प्रदेश १० औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो । हरेक   प्रदेशमा   औद्योगिक   क्षेत्र   ‚थापना   गर्ने नीतिअनुसार  सरकारले  १५  नयाँ  औद्योगिक  क्षेत्र  प्रस्ताव गरेको  छ ।  

तीमध्ये  सरकारले  नयाँ  छवटा  औद्योगिक  क्षेत्र घोषणा  गरी  निर्माण  अगाडि  बढाएको  हो ।  चालू  आर्थिक वर्षको  बजेट  वक्तव्यमा  सबै  प्रदेशमा  कम्तीमा  एक औद्योगिक  क्षेत्र  ‚थापना  गर्न  बजेट  विनियोजन  गरिएको छ ।  यी  प्रस्तावित  छ वटा औद्योगिक  क्षेत्रको  निर्माण  पाँच वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस