
एजेन्सी । भारतको केन्द्रीय बैंकले सहकारी बैंकमाथि सञ्चालन प्रतिवन्ध लगाएको छ । भारतको नाशिक स्थिति इन्डिपेन्डेड को अपरेटिभ बैंकमाथि प्रतिवन्ध लगाएको हो ।
बैंकको वित्तीय स्थिति खराब भएपनि केन्द्रीय बैंक आरबीआईले आफ्नो नियन्त्रणमा लिएको छ । केन्द्रीय बैंकले आफ्नो नियन्त्रणमा लिएपछि अब उक्त बैंकका खातावालाले रकम निकाल्न र राख्न हाललाई रोक लगाइएको छ ।
उक्त बैंकमा ९९.८८ प्रतिशत निक्षेपकर्ताहरु डिपोजिट एण्ड क्रेडिट ग्यारेन्टी कर्पोरेसनको बीमा योजनाका व्यक्तिको रकम भएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
यो बीमा योजनामा भाग लिने निक्षेपकर्ताहरुलाई पाँच लाख रुपैयाँ बराबरको बीमा योजना पाउने गरेका थिए । आरबीआईले उक्त बैंकलाई कारबाही स्वरुप ६ महिनासम्म आफ्नो नियन्त्रणमा लिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस