
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशभित्रका ३ शहरलाई महानगरपालिकामा रुपान्तरण गर्ने उद्घोष गरेका छन् । मुख्यमन्त्री पोखरेलले दाङ, वुटवल र नेपालगञ्ज शहरलाई महानगरपालिका बनाउने बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) ले बुटवलमा आयोजना गरेको सभामा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी तीन क्षेत्रलाई औद्योगिक विकासको केन्द्र बनाउने समेत बताए ।
उनले ७ प्रदेशमध्ये लुम्बिनी प्रदेश विकास निर्माणमा सबैभन्दा अघि रहेको दाबी गर्दै सबैभन्दा बढी पुँजीगत खर्चले यसलाई पुष्टि गरेको दाबी गरे । उनले आफ्ननो प्रदेशभित्रका सबै जिल्लाहरुमा शहरीकरण, उद्योग तथा कृषिका लागि दीर्घकालीन योजनाहरु समेत ल्याएको दाबी गरे ।
अहिले यी तीनवटै शहर उपमहानगरपालिको हैसियतमा छन्।
प्रतिक्रिया दिनुहोस