aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

विष्णु पौडेललाई साक्षी राख्दै प्रधामन्त्रीले भने, ‘सरकारी जमिन आफ्नो बनाउने भूमाफियालाई छोडि्दँन'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ फागुन २०७७
विष्णु पौडेललाई साक्षी राख्दै प्रधामन्त्रीले भने, ‘सरकारी जमिन आफ्नो बनाउने भूमाफियालाई छोडि्दँन'

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले सरकारी जमीन आफ्नो बनाउन खोज्नेलाई कुनै पनि हालतमा नछाड्ने बताएका छन् । नेकपाले वुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले देशका बलात्कारी, हत्यारा र भूमाफियाहरुलाई पानी मुुनि गए पनि नछोड्ने बताएका हुन् ।

मोहम्मद अफ्ताफ आलमलाई लक्षित गर्दै उनले ११ वर्षअघि इँटाभट्टामा हाल्ने हत्यारालाई आफ्नो पालामा जेलमा हालेको उल्लेख गर्दै ओलीले निर्मला पन्त र भागिरथी भट्टका हत्याराहरु केही समय लुकेर बसे पनि उनीहरुलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताए । ‘२÷४ दिन लुकेर बस्लान् । तर उनीहरु सँधैं लुक्न सक्दैनन् । जति वर्ष पछि समाए पनि पूरै कारबाही हुन्छ ।’

ओलीले सम्बोधन गर्दा अर्थमन्त्री विष्णु पौडेल मञ्चमै थिए । पौडेल आफैं बालुवाटारको सरकारी जग्गामा मुछिएका व्यक्ति हुन् । ओलीले सम्बोधन गर्नुअघि सभालाई विष्णु पौडेलले सम्बोधन गरेका थिए । उनले ओलीले अर्कोपटकको चुनावमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि एक कार्यकाल ओली नै प्रधानमन्त्री हुनुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस