aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

वर्तमान सरकारको ३ वर्षको उपलब्धि मंगलबार सार्वजनिक हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ फागुन २०७७
वर्तमान सरकारको ३ वर्षको उपलब्धि मंगलबार सार्वजनिक हुने

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामको प्रगति मंगलबार सार्वजनिक हुने भएको छ । ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको कामको फेहरिस्त सार्वजनिक घोषणा गरेका हुन् ।

२०७४ फागुन ३ गते प्रधामन्त्री भएका ओलीको कार्यकाल मंगलबार ३ वर्ष पुग्दैछ । यो बीचमा सरकारले असाधारण उपलब्धि गरेको ओलीको दाबी छ । वुटवलमा आयोजित कार्यक्रममा उनले अहिले ५.७ किलोमिटर सडक कालोपत्रे हुने दाबी गर्दै यस्तै असाधारण प्रगति अरु क्षेत्रमा समेत भएको भन्दै उपलब्धिहरु सार्वजनिक गर्न लागेको बताएका हुन् ।  

'पहिले वर्षमा १० किलोमिटर बाटो बन्न गाह्रो हुन्थ्यो, अहिले दैनिक ५.७ किलोमिटर कालोपत्रे हुने गरेको छ । पहिले विमानस्थल सञ्चालन हुन सक्दैनथ्यो अहिले जुनसुकै बेलामा पनि विमान उड्नसक्ने भएको छ'  ओलीले भने, 'यस्ता धेरै असाधारण काम सरकारले गरेको छ ।'

 

प्रतिक्रिया दिनुहोस