aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एउटै कार्यालयका १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
एउटै कार्यालयका १३ जना विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

उनीहरुमाथि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि आवश्यक पर्ने प्रयोगशाला मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। 

प्रतिक्रिया दिनुहोस