aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आफ्नो बढुवा आफैंले गरिन्छ त्रिभुवन विश्वविद्यालयमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
आफ्नो बढुवा आफैंले गरिन्छ त्रिभुवन विश्वविद्यालयमा

कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन्। तर त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन्। पदमा बस्यो, नियम आफू अनुकूल बनायो अनि बढुवा भइहाल्यो। लामो सययदेखि त्रिवि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ।

त्रिविका तीन रजिस्ट्रार पदमै रहेका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन्। सहप्राध्यापकबाट हालै प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन्।

यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी आफू अनुकूल नियम परिवर्तन गरेर बढुवा भएका थिए। शिक्षा अर्थशास्त्रका सहप्राध्यापक उप्रेती चार वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए तकालीन एमाले कोटाबाट। उनी एक महिनाअघि प्राध्यापकमा बढुवा भएका छन्।

उप्रेतीले बढुवा हुनुअघि आफू अनुकूल नियम परिवर्तन गरे र त्यही नियमका आधारमा माथिल्लो पदमा उक्ले। उनले त्रिवि कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावली संशोधन गरेर आफू अनुकूलको व्यवस्था कायम गरेका हुन्। उनी रजिस्ट्रार हुनुअघि त्रिविमा सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा हुन दुई सय पूर्णांकको परीक्षा दिनुपर्दथ्यो। तर उप्रेतीले त्रिवि सभामा यो व्यवस्था परिमार्जन गरेर एक सय पूर्णांकमा झार्नुपर्ने प्रस्ताव लगे।यो समाचार आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस