aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

नेपालमा रेलवे विस्तार गर्न रसिया तयार

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • मंगलबार, ०४ फागुन २०७७
नेपालमा रेलवे विस्तार गर्न रसिया तयार

काठमाडौं । नेपालमा रेलवे विस्तार गर्न रसिया सकारात्मक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभले सोमबार गरेको शिष्टाचार भेटमा रेलवे विस्तारमा रसिया लगानी गर्न इच्छुक रहेको बताए । भेटमा रसियन रेलवेका तर्फबाट आशयपत्रसमेत बुझाइएको मन्त्रीका प्रेस संयोजक सन्दीप राईले जानकारी दिए ।

भेटमा मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीच समन्वय भई कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए । काठमाडौंको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको मन्त्री नेम्वाङको भनाइ थियो । प्रविधि र दक्ष जनशक्तिका साथै लगानी अभाव भएको भन्दै मेट्रो रेलको रेखांकन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना रिपोर्ट ९डीपीआर० समेत तयार भइसकेको र उक्त दस्ताबेज रसियन पक्षलाई उपलब्ध गराउन तयार रहेको मन्त्री नेम्वाङले बताए ।

रसियन पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको नेम्वाङले उल्लेख गरे । रसिया र विश्वका विभिन्न मुलुकमा रेलसम्बन्धी रसियन टेक्नोलोजी उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालका लागि पनि यो काम कोसेढुंगा हुने रसियन प्रतिनिधिमण्डलले उल्लेख गरेको छ । पहाडी इलाकामा रसियन रेलवे टेक्नोलोजी जापानले अपनाएको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाललाई समेत प्रविधि हस्तान्तरण गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस