
काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा भएको डरालाग्दो बस दुर्घटनामा परी ४४ जनाको ज्यान गएको छ । घाइते ३५ जना यात्रुहरुको भने उपचार भइराखेको बताइएको छ । सडकदेखि बस करिब ५ सय मिटर तल खसेको थियो ।
मिडिया रिपोर्टका अनुसार बसमा अत्याधिक यात्रुहरु भएका कारण दुर्घटना भएको बताइएको छ ।
मोडमा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस