aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा ४७ दिनमा २० पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ फागुन २०७७
भारतमा ४७ दिनमा २० पटक पेट्रोलियम पदार्थको मूल्य बढ्यो

एजेन्सी । भारतमा ४७ दिनमा २० पटकसम्म पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।  फेब्रुअरीसम्ममा अहिलेसम्म पेट्रोल र डिजेलको दर २० गुणा बढेको छ । २०२१ साल लागेपछि जनवरीमा १० पटक र फेब्रुअरीमा १० पटक मूल्य बढेको छ ।

यस समयमा दिल्लीमा पेट्रोल २.९९ रुपैयाँ भारु र डिजेल ३.२२ रुपैयाँ महँगो भएको छ । दिल्लीमा पेट्रोल ८९.२९ रुपैयाँ भारु र मुम्बइमा ९५.७५ रुपैयाँ भारु पुगेको छ । 

कच्चा तेल १३ महिनामा सबैभन्दा महँगो दरमा पुगेको छ । यस वर्ष कच्चा तेल २१ प्रतिशतले महँगो भएको छ । ब्रेन्ट क्रुड  आयल ६३ डलर व्यारलभन्दा बढीले मूल्य बढेको छ ।

 कोभिड १९ का कारण सिथिल भएको विश्वको अर्थतन्त्र चलायमान भएका कारण ईन्धनको माग पनि बढेको छ । जनवरीमा १० पटक मूल्य वृद्धि हुँदा पेट्रोल २.५९ रुपैयाँ भारु र डिजेल २.६१ रुपैयाँ भारु बढेको थियो । सन २०२१ मा पेट्रोल ५.५८ रुपैयाँ भारु र डिजेलमा ५.९३ रुपैयाँ भारु मूल्य बढिसकेको छ ।  

प्रतिक्रिया दिनुहोस