
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा भएको छ । डेढ वर्ष अघि उद्योग वाणिज्य मन्त्रालयमा सरुवा भएको अर्याललाई गत बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरेको हो ।
अर्थ मन्त्रालयको विभिन्न महाशाखामा बसेर काम गरेका अर्यालले देश संघीयतामा गएसँगै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएका उनले संघीयता कार्यान्वयन गराउने क्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोग ऐन, २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा नियमावलीहरू बनाउन महत्वपूर्ण भुमिका खेलेका छन् । अब उनको सचिवको कार्यकाल २८ महिना बाँकी रहेको छ । यहि क्रममा आज डा. अर्याललाई वाणिज्य मन्त्रालय र नेपाल आयल निगमले विदाइ कार्यक्रम आयोजना गरेको छ । दिनेश भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश कुमार अधिकारी निर्वाचन आयोगमा सरुवा भएका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा श्रम मन्त्रालयका सचिव तोयम राया सरुवा भएका छन् । सरुवा भएकामध्ये शिक्षा सचिव गोपीनाथ मैनाली वित्त आयोग लगिएको छ । सचिव रामप्रसाद थपलिया शिक्षा मन्त्रालयमा सरुवा भएको छन् ।
भुमि व्यवस्था मन्त्रालयमा बेगेन्द्र राज शर्मा पौड्याल, सार्वजनिक खरिद अनुगमन कार्यालयमा टेकनारायण पाण्डे सरुवा गरिएको छ । सुर्य प्रसाद गौतमलाई श्रम मन्त्रालय तानिएको छ । सुमन अर्याल प्रदेश १ मा सरुवा गरिएका छन् । उपराष्ट्रपतिको कार्यालयका सचिव केदार न्यौपाने युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएका छन् । निर्वाचन आयोगकी देवकुमारी गुरागाईंलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । नेपाल ट्रस्टका सचिव देवेन्द्र कार्कीलाई सतर्कता केन्द्र सरुवा गरिएको छ । सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएका छ् ।
प्रतिक्रिया दिनुहोस