
एजेन्सी । विद्युतीय कार उत्पादनको लागि प्रख्यात टेस्ला करपोरेशनले विद्युतीय गाडी उत्पादनको लागि भारतमा उद्योग स्थापना गर्न सम्झौता गर्न लागेको छ । चीनमा उसले उत्पादन गर्न शुरु गरिसकेको छ ।
टेस्ला करपोरेशनले दक्षिण भारको कर्नाटका राज्यमा पहिलो प्लांट स्थापना गर्न लागेको राज्य मुख्यमन्त्री बताएका छन् । कम्पनिले राजधानी बैंलोरमा छेउछाउ उद्योग स्थापना गर्नका लागि छलफल चलिरहेको जानकारी दिएको छ ।
विद्युतीय कारको हब हुने सम्भावना भएको र यरो स्पेश उत्पादन गर्ने प्रतिभाहरुको थलो भएको कारण टेस्लाले बैंगलोरमा उद्योग स्थापना गर्न लागेको बताएको छ । टेस्ला करपोरेशनका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले जनवरीसम्म टेस्ला भारतमा प्रवेश गर्ने जानकारी दिएका थिए ।
टेस्लाले गत महिना ८ जनवरीमा टेस्ला इण्डिया मोटर्स एण्ड एनर्जी प्राइवेट लिमिटेडको नाममा बंगलोरमा आफ्नो सहायक कम्पनी दर्ता गरिसकेको छ । टेस्ला इण्डियाले वैभव तनेजा, वेंकटरंगम श्रीराम र डेभिड जोन फेन्स्टाइनलाई निर्देशकको रूपमा नियुक्त गरेको छ।
१०००० मेगा विद्युत उत्पादन गर्दै छिमेकी देशमा विद्युत निर्यात गने उद्देश्य लिएको नेपालका लागि विद्युतिय गाडी उत्पादन गर्ने अमेरीकी कम्पनिले भारतमा प्रवेश गर्नेु निकै महत्वपूर्ण कुरा हो ।
किनकी विद्युतीय गाडीको उत्पादन जति बढ्यो त्यतिनै चार्जीङ्ग स्पट बढाउनु पर्ने हुन्छ जसको लागि विद्युतको आवश्यता पर्दछ । भारतमा यदि विद्युतिय गाडिको उत्पादन बढ्यो भने उसलाई चाहिने विद्युत आपूर्तिको माग भने नेपालको लागि अवसर हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस