aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अमेरिकामा आँधी, चार जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ बैशाख २०७६
अमेरिकामा आँधी, चार जनाको मृत्यु

वासिङ्टन  । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरु दुई जनाको गाडी चलाइरहेका बेला मृत्यु भएको थियो । अलाबामा राज्यको पेल नगरमा एक जना ४२ वर्षीया महिलाको घुम्ती निवासमा रुखले थिचेर मृत्यु भएको थियो । बिहीबारको आँधीले अमेरिकाको दक्षिणमा रहेका अलाबामा, मिसिसिपी, लुजियाना र टेक्सास समेतका राज्यहरुमा व्यापक क्षति गरेको थियो । मिसिसिपी राज्यमा आँधीबाट सर्वाधिक प्रभाव परेको थियो । एक लाखभन्दा बढी मानिसका घरमा विद्युत सेवा अबरुद्ध भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस