aarthiknews.com विहीबार, १२ असार २०८२   Thursday, 26 June, 2025
 

प्रतिबन्ध हटेपनि घटेन प्याजको मूल्य

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, ०६ फागुन २०७७
प्रतिबन्ध हटेपनि घटेन प्याजको मूल्य

काठमाडौं । आफैँलाई नपुगेको भन्दै भारतले असोजको दोस्रो सातादेखि प्याज निर्यात बन्द गर्यो । त्यसबेला कालिमाटी तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ३१ देखि ४२ रुपैयाँसम्म थियो । 

भारतले निर्यात बन्द गरेलगतै नेपाली बजारमा भाउ आकासिएर असोज १५ गते होलसेलमै एक सय ७ रुपैयाँ पुग्यो । कार्तिक १६ गतेसम्म १३० रुपैयाँ पुगेको प्याजको खुद्रा बजारमा प्रतिकिलो साढे २ सय रुपैयाँसम्ममा बिक्रि भयो । 

सरकारी हस्तक्षेपका कारण मूल्यमा सामान्य गिरावट आएपनि पुरानो बजार भाउमा आउन सकेन । भारतले पुस १७ गतेदेखि नै निर्यात प्रतिबन्ध हटाएको दिन मूल्य केहि घटेपनि अहिले फेरि बढ्न धालेृको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विवरण अनुसार पुस १७ गते प्याज प्रतिकिलो ६२ रुपैयाँ ५० प्रसा निर्धारण भएको थियो । फगुन ५ सम्म आइपुग्दा होलसेलमै प्रतिकिलो ८२ रुपैयाँ ५० प्रसा पुगेको छ । खुद्रा व्यापारमा पनि त्यहि अनुपातमा मूल्य बबढेको छ ।  

प्रतिक्रिया दिनुहोस