
अघिल्लो महिना विश्वका सर्वाधिक धनीको ताज खोसिएका जेफ बेजोस पुनः पुरानै स्थानमा फर्किएका छन् । विगत तीन वर्षदेखि लगातार विश्वका नम्बर वान धनीका रूपमा रहेको अमेजन मालिक बेजोसलाई टेस्लाका सिइओ एलन मस्कले गत महिना मात्र पछि पारेका थिए ।
पछिल्ला दुई हप्तामा टेस्लाको शेयरमा आएको गिरावटले १९०.२ अर्ब डलरमा मस्कलाई सीमित गर्दा बेजोसले सर्वाधिक धनी कहलिने पुनः मौका प्राप्त गरेका हुन् । बेजोसको कूल सम्पत्ति अहिले मस्कको भन्दा एक अर्ब डलर बढी छ ।
तेस्रो, चौथो र पाँचौँ नम्बरमा भने क्रमशः बिल गेट्स, बर्नान्ड आर्नल्ड र मार्क जुकवर्ग रहेका छन् । मस्कले अघिल्लो हप्ता मात्र डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेका छन् भने उनी अन्य केही कम्पनीहरूमा पनि आक्रामक लगानी गरिरहेका छन् ।
त्यसो त, अहिले केही दिन यता मस्क ट्विटरमा निकै सक्रिय रहेका छन् । त्यसैले उनी फुर्सदिलो भएर ट्विटरमा झुण्डिरहनु माथि पनि प्रश्न उठ्न थालेको छ । उनले गरेका ट्विटका कारण समेत उनको लगानी रहेका धेरै क्षेत्रहरूको शेयर बजारमा उतारचढाव भइरहेको छ ।
बिटक्वाइनको हालसम्म कै सर्वाधिक विन्दु हासिल गर्नु पनि उनको ट्विटको भूमिका रहेको थियो ।
उता, बेजोसले भने आफूलाई निकै सक्रिय राख्दै अमेजनको सिईओको रूपमा काम गर्ने घोषण गरेका छन् । उनले ब्लुओर्जिन नामक कम्पनी मार्फत अन्तरिक्ष खोजमा समेत आफूलाई सहभागी गराएका छन् भने वासिङ्टन पोस्टमा पनि लगानी गरेका छन् ।
अमेजनकै मात्रै पनि यस वर्ष ५३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस