
एजेन्सी । नेपालमा मंगलबारदेखि पेट्रोलको मूल्य ११४ रुपैयाँ प्रति लीटर भएको छ । विश्वमा औसत पेट्रोल मूल्य १२५.८४ रुपैयाँ प्रतिलीटर हो । ग्लोबल पेट्रोलप्राइस डटकमका अनुसार नेपालका छिमेकी मुलुकहरु भारत, पाकिस्तानमा पेट्रोल मूल्य करिब ८२ रुपैयाँ प्रति लिटर मा बिक्री भइरहेको छ।
अर्कोतर्फ चीनमा यो प्रतिलिटर १२० रुपैयाँ प्रति रुपैयाँमा विक्री भइरहेको छ । भारतमा १६० रुपैयाँ प्रति लिटरमा विक्रि भइरहेको छ । भारतका विभिन्न राज्यहरुमा तेलको मूल्य पनि फरक फरक छ ।
त्यस्तै,भारतका छिमेकी देशहरु सबैमा भारतभन्दा सस्तो पेट्रोलको मूल्य सस्तो रहेको छ । भारतमा एक सय ४३ रुपैयाँ पेट्रोलको हालको बजार मूल्य अनुसार पर्ने गरेको छ । त्यहीबाट आयत गरेर नेपालमा ११४ रुपैयाँ रहेको छ भने भुटानमा ३१ रुपैयाँ, बंगलादेशमा १२२ रुपैयाँ श्रीलंका ९६ रुपैयाँ,पाकिस्तान ८१ रुपैयाँ रहेको छ ।
विश्वका धेरै देशरुमा पेट्रोलको मूल्य कति छ भन्ने चर्चा गरौं । विश्वका विकसीत मानिएका देश अमेरिकामा करिब ८८ रुपैयाँ पर्ने गरेको छ । त्यस्तै, जापान १५२ रुपैयाँ, जर्मन १९१ रुपैयाँ,रुस ७६ रुपैयाँ र नेपालमा ११४ रुपैयाँ पेट्रोलको मूल्य अहिलेको बजार मूल्यमा पर्ने गरेको छ ।
त्यस्तै सेन्ट्रल अफ्रिकन रिपब्लिकन २३७ रुपैयाँ, नेदरल्याण्ड २३६ रुपैयाँ, ग्रिस २१७ रुपैयाँ, नर्वे २३० रुपैयाँ, कुबेत ४१ रुपैयाँ रहेको छ । त्यस्तै, अल्जेरिया ४१ रुपैयाँ, अंगोला २९ रुपैयाँ, २२ रुपैयाँ पेट्रोलको मूल्य रहेको छ । त्यस्तै, गरि सबैभन्दा सस्तो पेट्रोलको मूल्य भेनेजुएलामा रहेको छ । जहा नेपाली २ रुपैयाँ ३२ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस