
काठमाडौं । सरकारले विभिन्न निकायमा नियुक्ती गरेको छ । विहीबार मन्त्रीपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन । नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा सचिव मुख्य रजिष्ट्रार पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, योगमाया आयुर्वेद विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको अध्यक्ष पदनमा प्राध्यापक अनुपकुमार श्रेष्ठ, सदस्यहरुमा डा. देवकला भण्डारी, डा. राजकिशोर शाह, राजकुमार घिमिरे र रामचन्द्र न्यौपानेलाई नियुक्ति गरेको छ ।
सरकारको फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले बीस लाख डोज कोभिसिल्ड खोप खरिद गर्न लाग्ने रकम नेपाल राष्ट्र बैंक मार्फत भुक्तानी हुने गरी सोझै खरिद गर्न बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र सोको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस