aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घुससहित अदालतका खरिदार पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
घुससहित अदालतका खरिदार पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी देवकुमार राईले जानकारी दिनुभयो ।

लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा चौधरी पक्राउ परेका थिए । स्रोतका अनुसार सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै चौधरीले लिइसकेको थियो सूचना अधिकारी राईले भन्नुभयो । पक्राउ परेका चौधरीलाई अख्तियारको क्षेत्रीय कार्यालयमा लगिएको र भोलि मात्र काठमाडौँ पठाउने सूचना अधिकारी राईले जानकारी दिनुभयो । चौधरीलाई विशेष सूचनाको अधारमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस