aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

काठमाडौं उपत्यकाको ‘एकीकृत भौतिक विकास योजना’ तयार पार्दै प्राधिकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
काठमाडौं उपत्यकाको ‘एकीकृत भौतिक विकास योजना’ तयार पार्दै प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाको ‘एकीकृत भौतिक विकास योजना’ तयार पार्ने भएको छ । सिंगो काठमाडौं उपत्यकाको विकास कसरी भएको रहेछ यस विषयमा अध्ययन गर्न प्राधिकरले यो योजना अघि सारेको हो ।

काठमाडौं उपत्यकाको विकास के कसरी भएको छ कहाँ भौतिक विकास गर्न सकिन्छ कुन कुन स्थान सुरक्षित राख्नुपर्छ । शहर संरक्षण् कसरी विकास भइरहेको छ । भोलि हुने विकास र विस्तारले उपत्यकामा कस्तो कसरी असर पार्छ भन्ने लगायतको अध्ययन हुने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।

‘अहिले परामर्श छनोटको काम भइरहेको छ,’ उनले भने ‘परामर्श छानिएपछि हामी अध्ययनका लागि अगाडि बढ्छौं ।’ अध्ययन शुरु गरेको १५ महिनामा रिपोर्ट तयार हुने विकास आयुक्त तिवारीले बताए । उक्त अध्ययनको लागि प्राधिकरणले ८ करोड ६० लाख खर्च लाग्ने अनुमान गरेको छ । यसपछि उपत्यकाले अब गर्नुपर्ने विकासको मोडल बन्नेछ । 

अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणले खाली जमिन संरक्षण गर्दे त्यो जमिनमा पार्क बनाउने कार्य सुरु गरेको छ । प्राधिकरले अहिले खुला ठाउँको संरक्षण गर्ने र आधारभूत संरचना निर्माण गर्ने काम गर्दै आएको छ । प्राधिकरणले पार्क बनाउने र विपद् बस्न सक्ने ठाउँको संरक्षण गरिरहेको छ । 

सार्वजनिक जमिन भाडा लगाउन नदिने नीति लिएअनुरुप उक्त कार्य अघि बढाइएको हो । त्यस्ता खाली रहेका ठाउँमा पार्क बनाउने र ओपन ग्राउन्ड बनाउने योजना रहेको छ । त्यति गर्न नसकिएमा काठमाडौंमा बस्ने मान्छेको ‘क्वालिटी अफ लाइफ मेन्टेन’ नहुने हुँदा प्राधिकरणले विभिन्न ठाउँमा भएका सार्वजनिक जमिन पहिचान गरी संरक्षण गर्दै आएको छ ।

पार्कसँगै क्रमशः विपद व्यवस्थापनका लागि पनि सार्वजनिक जग्गाको धेरै ठाउँमा काम भइरहेको छ । अहिले प्राधिकरणले करिब १२ वटाजति प्रोजेक्ट बनाएर काम गरिरहेको छ । यस वर्ष कागेश्वरी मनोहरा–८ को मूलपानी, काठमाडौं महानगर–५ मा लाखेपोखरी पार्क, शंखरापुर–५ को कलश पोखरी संरक्षण गर्न अहिले प्राधिकरणले २ करोड ६० लाखमा ठेक्का लगाएको छ । त्यस्तै, बूढानीलकण्ठको कालिका पार्क, जगन्नाथ मन्दिर, भूकम्प स्मृति पार्क, नरेफाँट र खुसिबुमा पार्क निर्माणका लागि प्राधिकरण जुटेको छ ।

प्रतिक्रिया दिनुहोस