
काठमाडौं ।
आन्तरिक राजस्व विभाग (आईआरडी)को महानिर्देशकमा अर्थ मन्त्रालय सार्वजनिक संस्थान महाशाखा प्रमुख झक्क प्रसाद आचार्य नियुक्त गरेको छ । उनको नियुक्तसँगै एक महिनाभन्दा बढी खाली रहेको आन्तरिक राजस्व विभागले महानिर्देशक पाएको छ ।
यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको नाम आइआरडीका लागि सिफारिस भएको थियो । अर्थले मैनालीको नाम सिफारिस गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएको थियो । मैनालीको नाम स्वीकृत नभएपछि अर्थले यसअघि वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख आचार्यलाई आइ्र्रआरडी पठाएको हो ।
अर्थले आफ्नो निकायका सहसचिवलाई सहजै एक निकायबाट अर्को निकायमा सरुवा गर्न सकेपनि अर्को निकायबाट कर्मचारी सरुवा गर्नको लागि भने सामान्य प्रशासन मन्त्रालयको सहमतिमा मन्त्री परिषद्ले निर्णय गर्नुपर्ने हुन्छ । सो कारण मैनालीलाई आन्तरिक राजस्व विभाग लैजान नसकेको अर्थमन्त्रालयले बताएको छ ।
हाल मैनाली कार्यरत निकाय राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयअन्तर्गत पर्दछ । सो कारणले उनलाई त्यहाँ मैनालीलाई लैजाँदा ढिला हुने भएकोले अर्थल आफ्नै महाशाखा प्रमुखलाई आईआरडीमा सरुवा गरेको हो । आईआरडीमा नियुक्त भएका आचार्य अहिले अर्थ मन्त्रालयका सबैभन्दा बढी पावरफूल सहसचिवका रुपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस