aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

युवाहरु उत्पादन र व्यवसायीकतासँग जोडिनु पर्छः माधव नेपाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
युवाहरु उत्पादन र व्यवसायीकतासँग जोडिनु पर्छः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले युवाहरु उत्पादन र व्यवसायीकतासँग जोडिनु पर्ने बताएका छन् । सिंहदरबार डटकमको सुभारम्भ गर्दै नेकपा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।  

उनले व्यवस्था जोगिए मात्रै समृद्धिको सपना पुरा हुने पनि बताएका छन् । अहिले व्यवस्था नै संकटमा परेकाले त्यसलाई जोगाएर समृद्धिको यात्रालाई सहज बनाउनु सबै नेपाली नागरिकको साझा दायित्व हुने उनले बताए ।  

उनले भने, ‘अहिले सिंगो व्यवस्था नै संकटमा परेको छ, संघीय लोकतान्त्रिक गणतन्त्र जोगिए मात्रै नागरिकको समृद्धिको सपना चाँडो पुरा हुन्छ, हामी पहिले व्यवस्था जोगाउँछौं अनि समृद्धिका लागि लड्छौं ।’ संबिधानले नै समाजवाद उन्मुख व्यवस्था ल्याउने भनेकाले राजनीतिक दलहरुको पहिलो प्राथमिकता बनेको तर केपी ओलीले गाणतन्त्र नै मास्न खोजेको आरोप पनि लगाए । अध्यक्ष नेपालले भने, ‘हामी समृद्धिको अभियानमा थियौं, ओलीले व्यवस्थै मास्न खोजे त्यसकारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन आन्दोलनमा जानु परेको हो ।’

उनले आफुहरुको आन्दोलन पदका लागि नभएर देश र जनताका लागि भएको पनि बताए । ओलीलाई सुध्रिएर जनपक्षिय काम गर्न आग्रह गर्दा प्रतिनिधी सभा नै बिघटन गरेको आरोप पनि लगाए । 

प्रतिक्रिया दिनुहोस