aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भारतमा अहिलेसम्मकै ठूला विदेशी लगानी भित्रियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
भारतमा अहिलेसम्मकै ठूला विदेशी लगानी भित्रियो


एजेन्सी । भारतीयी बजारमा विदेशी लगानीकर्ताहरूले चालू आर्थिक वर्ष (२०२०-२१) मा ठूलो लगानी गरेका छन । फेब्रुअरी १५ सम्ममा ३३.८ अर्ब डलर लगानी भित्रिएको छ ।  केयर रेटिंग्सका अनुसार भारतमा विदेशी लगानीकर्ताहरूको कुल लगानी ५९२.५ अर्ब डलर भएको छ ।

रिपोर्टका अनुसार शेयर मार्केटले कुल लगानीको ठूलो हिस्सा रहेको छ । लगानीकर्ताले अहिलेसम्म आन्तरिक शेयर बजारमा ५३७.४ अर्ब डलर र डेट अर्थात बण्ड बजारमा ५१. ३८ अर्ब डलर लगानी गरिसकेका छन । क्षेत्रगत हिसाबले अधिकतम लगानी वित्तीय सेवा क्षेत्रमा भएको थियो, जसको लगानी १९१.३ अर्ब डलर छ । यस बाहेक सफ्टवेयर, तेल र ग्यास लगायत बीमा क्षेत्र पनि १० सबैभन्दा बढी लगानी गर्ने क्षेत्रहरूमध्ये एक रहेको छ ।

यी १० क्षेत्रहरू देशको विदेशी पोर्टफोलियो लगानीकर्ताहरूको (एफपीआई) कुल लगानीको ७८ प्रतिशत रहेको छ । चालू आर्थिक वर्षमा लगानीकर्ताहरूले डिसेम्बरमा ८.४ अर्ब डलर लगानी भएको छ । 

कुल लगानीमा अमेरिकाको सबभन्दा बढी ३४ प्रतिशत हिस्सा छ । त्यस्तैमौरिससको ११ प्रतिशत, सिंगापुर ८.८ प्रतिशत, लक्जमबर्ग ८.६ प्रतिशत५, बेलायत छ ५.३ प्रतिशत, आयरल्याण्ड ४ प्रतिशत, क्यानडा ३.४ प्रतिशत, जापान २.८ प्रतिशत, नेदरल्याण्डको २. ४ प्रतिशत र नर्वे २.४ प्रतिशत छ । यी १० देशहरूले भारतमा एफपीआईले गरेको लगानीको५ डघ५ हिस्सा ओगटेका छन्। अमेरिकी लगानीकर्ताले इक्विटीको हिसाबले५ घठ५ को बढी सेयर पाएका छन।

प्रतिक्रिया दिनुहोस