aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

मेघन दरबार फर्किन नमानेपछि बेलायती राजकुमारको मान पदवी खोसियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
मेघन दरबार फर्किन नमानेपछि बेलायती राजकुमारको मान पदवी खोसियो

लण्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहनु भएकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । 

केही महिना अगाडि उनहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरेपनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । 

तर शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनहरुको मान पदवी खारेज भएको घोषणा गरेको भएको समाचारमा जनाइएको छ । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ ।

महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उनहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।  गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए । 

उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन । 

हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका हुन । उनहरुका अहिले एक छोरा हुनुहुन्छ भने अर्को जन्माउने निश्चित भइसकेको जनाइएको छ । एएफपी

प्रतिक्रिया दिनुहोस